काठमाडौं । नेकपा एमाले को आज बस्ने तय भएको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारका लागि सारिएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सोमबार सचिवालय बैठक बस्ने जानकारी दिए ।
उनका अनुसार आइतबार पर्ने मदन–आश्रित स्मृति दिवसको तयारीका कारण आजका लागि तय गरिएको बैठक स्थगित गरिएको हो ।
बैठकमा पार्टीभित्रको कार्यविभाजन, संगठनात्मक विषय तथा फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्ने एजेन्डा रहेको बताइएको छ ।
निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन नसकेको भन्दै पार्टीभित्र नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।






























