निर्वाचन आयोगमा शीर्ष नेताहरूको बैठक, प्रदेश र स्थानीय तहको निर्वाचनबारे छलफल

निर्वाचन आयोगमा शीर्ष नेताहरूको बैठक, प्रदेश र स्थानीय तहको निर्वाचनबारे छलफल

काठमाडौं । निर्वाचन आयोगको आह्वानमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू छलफलका लागि आयोग पुगेका छन्।

छलफलमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

आयोगले प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै चरणमा गर्ने भन्ने विषयमा राजनीतिक दलहरूको धारणा बुझ्न बैठक बोलाएको हो।

निर्वाचनको समयतालिका, व्यवस्थापन र सम्भावित चुनौतीका विषयमा दलहरूसँग सुझाव लिने उद्देश्यले छलफल आयोजना गरिएको आयोगले जनाएको छ।

बैठकबाट प्राप्त सुझावका आधारमा निर्वाचनसम्बन्धी आगामी निर्णय तथा तयारी प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

Tokha