बुढानीलकण्ठमा कला, साहित्य र लोकसंस्कृति संरक्षणबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुढानीलकण्ठमा कला, साहित्य र लोकसंस्कृति संरक्षणबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको विशेष सहयोग र जन सांस्कृतिक प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा ‘कला, साहित्य एवं लोकवार्ता संस्कृति विषयक अभिमुखीकरण कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । स्थानीय कला, संस्कृति र लोकपरम्पराको संरक्षण तथा प्रवद्र्धनको उद्देश्यले आयोजित कार्यक्रमले सांस्कृतिक क्षेत्रमा एक नयाँ अध्याय थप्न सफल भएको विश्वास गरिएको छ ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले थानीय कला, संस्कृति र लोकवार्ताको संरक्षण नै समाजको पहिचानलाई जीवन्त राख्ने आधार भएको कुरामा विशेष जोड दिएका थिए । त्यसैगरी उप प्रमुख अनिता लामाले मौलिक परम्परा, लोकगीत, लोककथा र सांस्कृतिक सम्पदाहरू केवल विरासतका धरोहर मात्र नभई राष्ट्रिय पहिचानका जीवन्त प्रमाण भएको बताइन् ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, विभिन्न क्षेत्रका साहित्यकार, स्रष्टा, कलाकार र सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो । बृहत् सहभागिताले नागरिक स्तरमा सांस्कृतिक चेतना र सरोकारको जीवन्त उदाहरण प्रस्तुत गरेको छ ।

यस अभिमुखीकरण कार्यक्रमको मूल उद्देश्य बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र रहेका कला, साहित्य र लोकवार्ताका विविध आयामलाई पहिचान गर्दै तिनको दीर्घकालीन संरक्षण र प्रवर्द्धनका लागि ठोस रूपरेखा तयार पार्नु रहेको थियो।

Tokha