काठमाडौं । सुशीला अधिकारी ले मंगोलियामा आयोजना हुने एसियाली तेक्वान्दो कम्पिटिसनमा सहभागी हुन जाने खेलाडी तथा प्रशिक्षकलाई शुभकामना दिँदै विदाइ गर्नुभएको छ । नागार्जुन नगरपालिकाकी उपप्रमुख अधिकारीले सितापाइला तेक्वान्दो डोजाङका प्रतिभाशाली खेलाडी सुभाङ्गि श्रेष्ठ तथा डोजाङका प्रमुख एवं अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी लाई सफल सहभागिताको शुभकामना व्यक्त गर्नुभएको हो ।
विदाइ कार्यक्रममा उहाँले खेल क्षेत्रमार्फत देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित हुने बताउँदै खेलाडीहरूको मेहनत, अनुशासन र समर्पण प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको गौरव बढाउन सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई स्थानीय तह तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूले पनि सफलताको शुभकामना दिएका थिए ।
































