एमाले उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी

एमाले उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदको निर्वाचनमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराईले १३४८ मत प्राप्त गर्दै पदमा निर्वाचित भएका हुन् ।

लेखराज भट्ट र रघुवीर महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भए भने योगेश भट्टराई ईश्वर पोखरेल प्यानलबाट निर्वाचित भएका छन् ।

अन्य उम्मेदवारमा विष्णुप्रसाद रिमालले १०९१ मत, आनन्दप्रसाद पोख्रेलले ६३५ मत, वैजनाथ चौधरीले ५१७ मत र राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरेका छन्।

यस परिणामसँगै एमालेको उपमहासचिव पदमा दुवै मुख्य प्यानलको प्रतिनिधित्व सुनिश्चित भएको छ।

Tokha