नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका खेलाडी तथा समर्थकले मैदानमा खुसीयाली मनाएका छन्। शनिबार साँझ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक फाइनलमा लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि आफ्नो नाममा गरेको हो। उपाधि जितेसँगै सुदूरपश्चिमका खेलाडीहरू मैदानमै उत्सवमा रमाएका थिए।


































