काठमाडौं । नेकपा एमालेको सचिव पदको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । सबैभन्दा बढी महेश बस्नेतले १५४४ मत प्राप्त गर्दै अग्रता हासिल गरेका छन् । दोस्रो स्थानमा पद्माकुमारी अर्याल रहिन् भने उनले १५३० मत ल्याइन् ।
तेस्रो स्थानमा छविलाल विश्वकर्मा रहे, जसले १५०६ मत पाएका छन् । अन्य विजयी उम्मेदवारमा शेरधन राई ९१५०३०, हिक्मत कुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कंडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) रहेका छन् ।
अन्य उम्मेदवारहरूमा गोकुल प्रसाद बास्कोटा १०३० मत, ठाकुर प्रसाद गैरे ८८३ मत, रचना खड्का ८७७ मत, कर्ण बहादुर थापा ८४७ मत, अग्नि प्रसाद खरेल ७१६ मत, विनोद प्रसाद ढकाल ६८४ मत, कृष्ण गोपाल श्रेष्ठ ६२५ मत, लालबाबु पण्डित ४९६ मत, पेम्बा लामा ४९३ मत, पुरूषोत्तम पौडेल ४६२ मत र इन्द्रलाल सापकोटा ४०५ मत प्राप्त गरेका छन् ।
यस परिणामसँगै ओली समूह एमालेको सचिव पदमा प्रबल स्थिति कायम राख्न सफल भएको छ।

































