उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङ सर्वाधिक मतसहित विजयी

उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङ सर्वाधिक मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्ष पदको मतगणना सम्पन्न भएको छ। सर्वाधिक मत प्राप्त गर्ने उपाध्यक्ष उम्मेदवार पृथ्वीसुब्बा गुरूङले १७३७ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

उपाध्यक्ष पदका अन्य उम्मेदवारमा विष्णु पौडैलले १६७५ मत, रामबहादुर थापा बादलले १५१६ मत, गोकर्ण विष्टले १३६८ मत र रघुजी पन्तले १२५८ मत पाएका छन्।

महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचित केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन्।

यो परिणामसँगै ओली समूह एमालेमा आफ्नो शक्ति बलियो पार्न सफल भएको देखिन्छ।

Tokha