एमाले महासचिवमा शंकर पोखरेल विजयी

एमाले महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौं । नेकपा (एमाले) को महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन् । प्रारम्भिक मत परिणाम अनुसार पोखरेलले १,२२८ मत प्राप्त गरेर महासचिव पदमा निर्वाचित भएका हुन् । उनका मुख्य प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्।

यससँगै एमालेको नयाँ नेतृत्वमा अध्यक्षमा केपी शर्मा ओली पनि भारी मतान्तरका साथ पुनः विजयी भइसकेका छन् । यसपटक अध्यक्ष पदमा ओलीसँगै उनका प्यानलका उम्मेदवारहरू नै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

एमाले नेतृत्वमा भएको यस निर्णायक जितले पार्टीभित्र ओली प्यानलको वर्चस्व अझ बलियो बनाएको छ।

Tokha