एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी, ईश्वर पोखरेल पराजित

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी, ईश्वर पोखरेल पराजित

काठमाडौं नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा भएको मतदानको अन्तिम नतिजा अनुसार ओलीले आफ्ना निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गरेका छन् ।

निर्वाचन आयोगका अनुसार कुल २,२२७ मत खसेकोमा ओलीले १,६६३ मत प्राप्त गरेका छन् भने पोखरेलले मात्र ५६३ मत प्राप्त गरे । यसरी ओली १,१०० मतको फराकिलो अन्तरका साथ विजयी भएका हुन्।

यससँगै ओलीले एमाले अध्यक्ष पदमा आफ्नो तेस्रो कार्यकाल सुनिश्चित गरेका छन् ।

Tokha