एमाले नेतृत्व निर्वाचन : ओली अध्यक्षमा, शंकर पोखरेल महासचिवमा अगाडि

एमाले नेतृत्व निर्वाचन : ओली अध्यक्षमा, शंकर पोखरेल महासचिवमा अगाडि

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतगणनाअनुसार शंकर पोखरेलले ६१३ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२८ मत पाएका छन्।

अध्यक्ष पदमा भने केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। ओलीले ८४३ मत प्राप्त गरे भने उनका मुख्य प्रतिद्वन्द्वी ईश्वर पोखरेलले २९६ मत मात्रै पाएका छन्।

यसअघि केही पदबाहेक सबै प्रमुख पदमा ओली प्यानलकै उम्मेदवारले अग्रता बनाएका छन्। मतगणना अझै जारी रहेको छ र अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

Tokha