काठमाडौं । नेकपा (एमाले) को उपाध्यक्ष पदको जारी मतगणनामा पृथ्वी सुब्बा गुरूङ ३ सय ५६ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई विष्णुप्रसाद पौडेलले ३ सय ४९ मतसहित पछ्याइरहेका छन् । रामबहादुर थापाले ३ सय ९ मत प्राप्त गरेका छन् भने गोकर्ण विष्टले २ सय ५६ र रघुजी पन्तले २ सय ५३ मत पाएका छन् ।
त्यसैगरी गुरू प्रसाद बरालले २ सय ४२, डा। विन्दा पाण्डेले १ सय ७९, परशुराम मेघी गुरूङले ८६, अरूण नेपालले ७९, टंक प्रसाद कार्कीले ७५ र भिमप्रसाद आचार्यले ५१ मत प्राप्त गरेका छन् ।

































