देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : विकास मन्त्री घिसिङ

देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : विकास मन्त्री घिसिङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिकपूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमाआउनखोजेको बताएका छन् ।

ऊर्जा क्षेत्रमाआफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउनचाहेको बताए ।

सुनापतिगाउँपालिकामा सुनापतीआधारभूत अस्पतालको उद्घाटन कार्यक्रममाबोल्दै मन्त्री घिसिङले देशलाई उज्यालो बनाउने आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । घिसिङले केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टी घोषणा गरेका छन् ।

मन्त्री घिसिङले नागरिकहरूलाई अहिलेको सरकारबाट धेरै आशा नराख्न सुझावदिँदै आगामीफागुन २१ गते हुने निर्वाचनमाजिम्मेवार निर्णय गर्न आग्रह गरे  । उनेले सो निर्वाचनमाआफ्नो पार्टीलाई देशभरिबाट जिताएर आफूलाई देशको नेतृत्वमा पुर्याउनआग्रह गरे ।

आगामी सरकारबाट धेरै काम गर्नुपर्नेभएकोले आगामी सरकारको नेतृत्वदिन सक्ने व्यक्तिआफू भएको उनले दाबी गरे । परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको बताउँदै उनले त्यसको लागिआफू जस्ता व्यक्तिचुनिनआवश्यक रहेको बताए ।

आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै घिसिङले अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताए ।

‘आगामीदिनमा यो देशको नेतृत्वपनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागितपाईँहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईँहरूलाई आग्रहगर्दछु’, उनले भने ।

उनले देशभरि नै बिजुलीको उज्यालो आफूले पुर्या‍एको दाबीगरे । रोजगारी, सुशासन र नागरिक हितको लागिकाम गर्न देशभरिबाट योग्यमानिसलाई चुन्न घिसिङले आग्रह गरे ।

सुनापतीगाउँपालिकाअध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामाभएको कार्यक्रममावाग्मतीप्रदेश सभा सदस्ययुवराज चौलागाईँ, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापा, गाउँपालिकाउपाध्यक्षगीता विष्ट चौलागाईँ, निवर्तमानगाउँपालिकाअध्यक्षधावालामा, विभिन्न राजनीतिकदलकाप्रतिनिधिलगायत सहभागीथिए ।

२०७७ सालमंसिर १५ गते शिलान्यास गरिएको सो अस्पताल भवनबाट एक वर्ष अघिदेखि सेवाप्रदानगर्दै आएको भएपनिमन्त्री घिसिङले अस्पताल सञ्चालनमाआएको एक वर्ष पछि उद्घाटन गरेका हुन् ।

कुल७ करोड ९० लाख७५ हजार २ सय ८८ रुपैँयाको लागतमानिर्माण भएको अस्पताल बिएनबिआरएनसिएफ जेभिले निर्माण गरेको हो ।

Tokha