हेटौंडा सडक विस्तारमा जेन-जी मकवानपुरको स्पष्ट धारणा : विकास रोक्ने कुनै भ्रममानपर्नु

हेटौंडा सडक विस्तारमा जेन-जी मकवानपुरको स्पष्ट धारणा : विकास रोक्ने कुनै भ्रममानपर्नु

मकवानपुर । हेटौंडामा जारी सडक विस्तारको कामतीव्र गतिमा अघि बढिरहँदायसको विरोध र समर्थन दुवैतर्फका गतिविधि बढिरहेका बेला जेन-जीमकवानपुरले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै विकास रोक्ने कुनै पनिभ्रममानपर्न सबैलाई आग्रह गरेको छ।

जिल्ला संयोजक सुगम नेगीद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशअनुसार ’२५-२५ गजभित्र पर्ने संरचनामामुआब्जानपर्ने व्यवस्थाभएपनिवास्तविक पीडितले भने न्यायपाउनै पर्छ’भनेर स्पष्ट गरिएको छ। नेगीले जनतालाई सुकुम्बासीबनाउने नाममाकुनै पनि अन्यायपूर्ण कदम स्वीकार्य नहुने भन्दै कानुनसम्मत र पीडितमैत्री प्रक्रियाबाट मात्रै सडक विस्तार अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले केही समूहले जेन-जीको नाम दुरुपयोग गर्दै ‘जेन-जीले सडक विस्तार रोक्दैछ’ भन्ने भ्रामकप्रचार गर्दै आएको उल्लेख गर्दै यस्तो गतिविधिले जनतामाअन्योल पैदा गर्ने मात्रभएकाले भ्रममानपर्न आग्रह गरे। विज्ञप्तिमा भनिएको छ, ‘विकासकाविषयमाहामी स्पष्ट छौँ- पारदर्शिता, न्याय र जनसहभागिता सुनिश्चितहुँदै सडक विस्तार अघि बढ्नु पर्छ ।’

हाल हेटौंडा-बुद्धचोक-राप्तीपुल र बुद्धचोक-सामरी पुलमार्ग क्षेत्रका सयौँ संरचना हटाउने तयारीसँगै स्थानीयतहदेखि सडक डिभिजन कार्यालयसम्मको समन्वयमाकामतीव्र गतिमा अघि बढिरहेको छ। तर, वास्तविकक्षतिपूर्तिबाट वञ्चितहुने सम्भावनाले प्रभावित क्षेत्रकाबासिन्दाहरू आन्दोलनमाउत्रिँदै आएका छन्।

यही परिस्थितिमा जेन-0जीमकवानपुरले विकास रोक्ने वा अड्काउने उद्देश्य आफूहरूको नरहेको, बरु ‘हेटौंडाको सही र दिगो विकासकालागि सबैले हातेमालो गरौँ’भन्ने अपिलमार्फत स्पष्ट सन्देश दिएको छ।

सडक विस्तार प्रक्रियालाई कानुनी, पारदर्शी र न्यायोचित ढङ्गले अघि बढाउनुपर्ने माग राख्दै उनले राज्यका सम्पूर्ण संयन्त्रलाई जिम्मेवारीपूर्वक काम गर्न पनिआह्वान गरेका छन्।

Tokha