मकवानपुर । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म, साथै बुद्धचोक-सामरी पुल खण्डसम्म पर्ने २५-२५ गजभित्रका घर-टहरा तथाअन्य संरचनाभत्काइने भएका छन्। सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो।
सडक डिभिजन कार्यालयकाप्रमुखगुरुप्रसाद अधिकारीकाअनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको छ।
अधिकारीले भने,‘भोलिदेखि हामी राप्तीपुर र रातोपाटी तर्फ विस्तारको दायरा बढाउँदै लैजान्छौँ । २५ वटा डोजर र २५ वटा अन्य मेसिनल्याएर काम सुरु गर्ने तयारीमा छौँ ।’
उनकाअनुसार सडक विस्तारसँगै निर्माण भइरहेको बाइपास सडक पनिअन्तिम चरणमा पुगेको छ। विस्तार कार्य संवेदनशीलमानिँदै सुरक्षानिकायले साइट क्षेत्रमा सुरक्षाव्यवस्था कडा पार्ने तयारी गरेको छ।
सडक विस्तारको सूचना सार्वजनिकभएको केहीदिनमै बजार क्षेत्र तनावग्रस्त बनेको छ। २५-२५ गजभित्रपर्ने संरचनाधनीहरू आन्दोलितभइरहेका छन् भने स्थानीयतहमा समेत दबाब बढिरहेको छ।
सरकारले सडक विस्तारलाई दीर्घकालीनयातायातव्यवस्थापनको पूर्वाधारका रूपमा अघि बढाएको बताउँदै, डिभिजन कार्यालयले सबै प्रक्रियाहरू कानुनीदायराभित्र रहेर अघि बढाइने जनाएको छ।



































