काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा को नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समिति को बैठकले सुनुवाइ प्रक्रिया सम्पन्न गरेपछि शर्माको नाम प्रधानन्यायाधीशका लागि अनुमोदन गर्ने निर्णय गरेको हो ।
समितिले मंगलबार नै डा. शर्मासँग सुनुवाइ गरेको थियो । सुनुवाइका क्रममा सांसदहरूले वरिष्ठता, न्यायिक निष्पक्षता, अदालत सुधार, ‘नेपोबेबी’ आरोप, न्यायालयभित्रको ग्रुपिजम तथा भ्रष्टाचार नियन्त्रणलगायत विषयमा प्रश्न उठाएका थिए ।
सुनुवाइपछि समितिले सर्वसम्मत रूपमा उनको नाम अनुमोदन गरेको हो । अब संवैधानिक प्रक्रियाअनुसार उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको छ ।






























