काठमाडौं महानगर र कान्सबीच चलचित्र सहकार्यको नयाँ अध्याय शुरु

काठमाडौं महानगर र कान्सबीच चलचित्र सहकार्यको नयाँ अध्याय शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई ७९औँ Cannes Film Festival को रेड कार्पेट समारोहअघि मंगलबार साँझ David Lisnard ले सिटी हलमा स्वागत गरेका छन् ।

Hôtel de Ville मा भएको द्विपक्षीय भेटवार्ताले चलचित्रका लागि युनेस्कोद्वारा मान्यता प्राप्त दुई ‘क्रियटिभ सिटी’बीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाएको बताइएको छ ।

काठमाडौंका लागि यो अवसर विश्व फिल्म समुदायका स्थापित सहरहरूसँगै आफूलाई पनि चलचित्र सहरका रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण क्षण बनेको उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाले मेयर लिसनार्ड र Cannes सहरप्रति आतिथ्य र सहकार्यका लागि आभार व्यक्त गर्दै यहाँबाट सुरु भएका संवादलाई आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा गरेको जनाएको छ ।

Tokha