‘जेन-जेड’ को दुरुपयोग गरेर दलको गतिविधि रोक्ने प्रयास, महेश बस्नेतद्वारा सिमरा घटनामा सरकारको भूमिकाको कडा आलोचना

‘जेन-जेड’ को दुरुपयोग गरेर दलको गतिविधि रोक्ने प्रयास, महेश बस्नेतद्वारा सिमरा घटनामा सरकारको भूमिकाको कडा आलोचना

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा ‘जेन-जेड’को नाममा विभिन्न दल-आवद्ध अराजक भिड उतारेर आन्दोलन गराइएको र सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत भएको संघका नेता महेश बस्नेतले बताएका छन्।

बस्नेतले भने, ‘सभा-सम्मेलन गर्ने, स्वतन्त्र विचार राख्ने जस्ता संविधानले दिएको मौलिक अधिकार हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गर्ने दाबी हास्यास्पद देखिन्छ। हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने होरु नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्।’

उनले थपे, ‘हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ । लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।’

Tokha