काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) छविलाल जोशी सम्बन्धी सहकारी ठगी मुद्दामा तुलसीपुर उच्च अदालत, बुटवल इजलासले मुद्दाका सम्पूर्ण फाइल झिकाउन आदेश दिएको छ।
सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका लामिछाने र जोशीले दायर गरेको रिटमाथि बिहीबार अदालतमा सुनुवाइ भएको थियो । सुनुवाइमा लामिछानेले आफूविरुद्ध दाबी गरिएको बिगो बराबरको रकम अदालतमा जम्मा गरेर थुनामुक्त हुन पाउ भनि माग गरेका थिए ।
उक्त मुद्दाको सुनुवाइ न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा भएको थियो । अदालतले जिल्ला अदालत रुपन्देहीले जारी गरेका आदेशका साथै सम्बन्धित सबै फाइल झिकाउन निर्देशन दिएको हो ।

































