कागेश्वरी मनोहरा नगरपालिकालाई जापान सरकारको सहयोगमा अग्निनियन्त्रण सवारी प्रदान

कागेश्वरी मनोहरा नगरपालिकालाई जापान सरकारको सहयोगमा अग्निनियन्त्रण सवारी प्रदान

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले जनसुरक्षा र आपतकालीन सेवालाई सुदृढ पार्न जापान सरकारको सहयोगमा एक अत्याधुनिक अग्निनियन्त्रण सवारी (दमकल) प्राप्त गरेको छ ।

जापानको Grant Assistance for Grassroots Human Security Projects (GGP)  कार्यक्रम अन्तर्गत नेपालस्थित जापान दूतावासले नगरपालिकालाई अत्याधुनिक अग्निनियन्त्रण सवारी प्रदान गरेको हो ।

यो Volunteer Corps Nepal (VCN) का अध्यक्ष दीपक चापागाईंको नेतृत्वमा अघि बढाइएको थियो । यस सहयोगले नगरपालिकाको अग्नि नियन्त्रण, उद्धार र आपतकालीन सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

परियोजनाको सफल कार्यान्वयनमा एआरएफएफ र नेपाल रेस्क्यु एण्ड फायरफाइटर एशोसिएशनका अध्यक्ष मधुसुदन थापाको योगदानलाई पनि प्रशंसा गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख भन्छन्-‘हामी समुदायको सुरक्षालाई प्राथमिकतामा राख्दै, स्थानीय तहमा आधुनिक र प्रभावकारी आपतकालीन सेवा प्रवाहमा निरन्तर अग्रसर रहनेछौं।’

नगरपालिकाले जापान सरकार र नेपालस्थित जापान दूतावासप्रति आभार व्यक्त गर्दै, यस साझेदारीले नेपाल-जापानबीचको जनस्तरीय मित्रता र सहयोग अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।

Tokha