साम्पाङ नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगबाट मान्यता प्राप्त

साम्पाङ नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगबाट मान्यता प्राप्त

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले आइतबार निर्वाचन आयोगमा गएर दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

साम्पाङ नेतृत्वको पार्टीको चुनावी चिन्ह ‘माटो’ राखिएको छ । पार्टीमा हाल २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।

गत असोज १२ गते साम्पाङले प्रत्यक्ष निर्वाचन आयोगमा गएर दल दर्ताका लागि निवेदन पेश गरेका थिए ।

Tokha