इलाम पुगेर विश्वप्रकाश भने- विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?

इलाम पुगेर विश्वप्रकाश भने- विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो भन्दै प्रश्न गरेका छन् ।

सोमबार इलाम पुगेर उनले सरकार भनेको व्यक्ति नभई संस्था भएको भन्दै उनले इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेहरुलाई राहत, उद्दार र पुनर्स्थापनाको कामको गति अभिलम्व बढाउन माग गरे ।

उनले भने,‘सरकार भनेको व्यक्ति होइन्, संस्था हो । त्यसैले प्रधानमन्त्रीले अभिलम्ब पहल गरेर इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेहरुलाई राहत दिन उद्दार पुनर्स्थापना कामको गति बढाउन आग्रह गर्न चाहन्छु । यसमा हामीले सबैले ऐक्यवद्धता जनाउँछौं तर केन्द्रीय सरकारको भूमिका खोज्न आवश्यक छ । इलाम आएर म केन्द्रीय सरकार खोज्न चाहिरहेको छु । इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?’

त्यस्तै उनले सरकार चाहे जसको भएतापनि हरेक संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने धारणार राखे ।

Tokha