एनपीएलमा विराटनगर किंग्सको लगातार तेस्रो जित

एनपीएलमा विराटनगर किंग्सको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार उत्कृष्ट प्रदर्शन जारी राखेको छ । सोमबार भएको रोमाञ्चक खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै लगातार तेस्रो जीत दर्ता गरेको हो ।

पहिलो संस्करणको उपाधि हातपारेको जनकपुरका लागि भने यो निराशाजनक निरन्तरता बनिरहेको छ । टिमले लगातार दोस्रो खेलमा हार व्यहोर्नु परेको छ ।

विराटनगरले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउन उत्रिएको जनकपुरले २० ओभरको खेल सकिँदा ९ विकेटको क्षतिमा १२६ रन मात्रै बनाउन सक्षम भयो । जनकपुरका तर्फबाट लफ्टी ब्याटर इतन सर्वाधिक ४२ रनको योगदान दिए, तर उनको प्रयास पनि टोलीलाई जित दिलाउन पर्याप्त साबित भएन ।

बलिङतर्फ विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने चम्किए । उनले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट झारे । उनले सम्पूर्ण इन्निङमै जनकपुरका ब्याटरहरूलाई दबाबमा राखे । त्यस्तै, सूर्य तामाङले पनि प्रभावशाली स्पेल फालेका थिए-४ ओभरमा २० रन दिंदै ३ विकेट हात पारे ।

 

Tokha