सर्वोच्चमा प्रतिनिधिसभा विघटन र सरकार गठनविरुद्ध रिट दर्ता

सर्वोच्चमा प्रतिनिधिसभा विघटन र सरकार गठनविरुद्ध रिट दर्ता

काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुने क्रम तीव्र बनेको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार अहिलेसम्म ६ वटा रिट निवेदन दर्ता भइसकेका छन् भने थप रिटहरू दर्ता हुने तयारीमा छन् ।

कोइरालाले बताए अनुसार, ‘केही रिट निवेदनले सरकार गठनको प्रक्रिया प्रश्न उठाएका छन् भने केहीले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा उठाएका छन्। रिटहरू लगातार दर्ता भइरहेका कारण सबैको विषयवस्तु पुष्टि गरिएको छैन।’

सर्वोच्च अदालत गत भदौमा जेन-जी युवा प्रदर्शनका क्रममा आगजनीबाट क्षति भएकाले कामकाज प्रभावित भएको थियो। तर आइतबारको पूर्ण बैठकले रिट निवेदन दर्ता खुला गर्ने निर्णय गरेपछि अहिले दर्ताको प्रक्रिया नियमित रूपमा अघि बढिरहेको छ।

भदौ २३-२४ गते जेन-जी युवा प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पदत्याग गरेपछि संसद विघटन भएको थियो। त्यसपछि जेन-जी युवा प्रतिनिधिको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनको नेतृत्वमा गठन भएको सरकारले फागुन २१ मा आम निर्वाचन सम्पन्न गर्ने म्यान्डेट पाएको छ ।

Tokha