अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन् : डा.केसी

अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन् : डा.केसी

काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले वर्तमान सरकारले जेनजीको कुनैपनि माग पूरा गर्न नसक्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन-जीहरुले आफ्दो माग आफैं छाडेको बताए । जेन–जीको सरकार बन्नुभन्दा पहिला टीओआर बन्नुपर्नेमा त्यसो नभएको उनले बताए ।

‘जेन–जीको कुरा त केही पनि पूरा हुन्छ भन्ने मलाई लाग्दैन अबको अवस्थामा । किनभने आफ्नो मागहरु छोडेको जेन-जी आफैंले हो । जेन–जी सरकार बन्नुभन्दा पहिला यसको टीओआर बन्नुपथ्र्यो,’ उनले भने ।

साथै, उनले अब निर्वाचन गराउनका लागि प्रधानमन्त्री सुशीला कार्की नै अग्रसर भएर दलहरुसँग संवाद थाल्नुपर्ने बताए । अब तीनवटा मन्त्रालयमा जेन-जीहरुको तर्फबाट सहभागी गराएर मन्त्री बनाइनुपर्ने उनको माग छ ।

‘प्रधानमन्त्रीले नै अग्रसर भएर दलहरुसँग संवादको प्रक्रिया थाल्नुपर्छ । जेन-जीहरुलाई विश्वासमा लिनुपर्छ । ३ वटा मन्त्रालय बाँकी छन्, ती ३ वटा मन्त्रालयमा जेन-जीहरुलाई नै मन्त्री बनाइदिनुपर्छ,’ उनले भने ।

Tokha