थियानजिन । सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिङबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो ।
सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली चीन भ्रमणमा छन् ।

































