काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचकहरूमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.१७ अंक अर्थात् १.१२ प्रतिशतले घटेर २४७६.४३ बिन्दुमा पुगेको छ। यसैगरी, सेन्सिटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि घटेका छन्।
आइतबार कारोबार सुरु भएदेखि नै बजार रातो अंकमा रह्यो । कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। यस दिन कुल २२९ कम्पनीको १ करोड ५१ लाख कित्ता सेयर खरिदबिक्री भएको हो।
यस दिन २१ वटा कम्पनीको सेयर मूल्य बढे पनि २२८ वटाको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार भएका १३ वटा उप-समूहमध्ये सबैको सूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै विकास बैंक समूहमा १.५९ प्रतिशतले घटेको छ।
त्यस्तै, बैंकिङ समूह ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बिमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बिमा १.१३, अन्य १.२४ र व्यापार ०.३८ प्रतिशतले घटेका छन्।
यस दिन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए। यस कम्पनीको सेयर मूल्य ६.७७ प्रतिशतले बढेको छ। यसैगरी, आशा लघुवित्तको ४.१६ प्रतिशत, समता लघुवित्तको २.६४ प्रतिशत र मिड सोलु हाइड्रोपावर कम्पनीको १.८७ प्रतिशतले मूल्य बढेको छ।
अर्कोतर्फ, नेपाल रिपब्लिक मिडिया लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यस कम्पनीको सेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ। त्यसैगरी, छ्याङ्दी हाइड्रोपावरको ७.०७ प्रतिशत र पिपुल्स पावरको ५,४१ प्रतिशतले मूल्यमा गिरावट आएको छ।



































