सभामुख भन्छन्- संसद नचल्दा महत्वपूर्ण विधेयकहरु अड्किए

सभामुख भन्छन्- संसद नचल्दा महत्वपूर्ण विधेयकहरु अड्किए

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयकहरू अड्किएको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को ४५औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण’ विषयक कार्यशालामा उनले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताए ।

‘संसद् चल्न नसक्दा संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायत अड्किएर बसेका छन्,’ उनले भने, ‘तर संसद् चल्न नसक्ने परिस्थिति निर्माण हुँदा समस्या भएको छ ।’

संसदमा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने सभामुख घिमिरेले बताए । ‘कानुन बनाउने, कानुन कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी छ,’ उनले भने ।

उनले कार्बन उत्सर्जन गर्ने कामहरूलाई नियन्त्रण गर्न तत्कालै नलागे भविष्यको मात्रै नभएर वर्तमानकै जीवन गम्भीर बन्ने उल्लेख गरे ।

Tokha