काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल सुरु हुने भएको छ । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ ।
विनियोजन विधेयक अर्थात् आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।
यसअघि बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन–२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । उक्त प्रस्ताव समिति सभापति गणेश पराजुली ले पेश गर्नेछन् ।






























