सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

 

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले वृद्धि भई ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक अवस्थाको प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।

 

महासंघले सार्वजनिक गर्ने दैनिक मूल्यका आधारमा देशभरका अधिकांश सुनचाँदी व्यवसायीले कारोबार गर्ने गरेका छन्।

Tokha