बुढानीलकण्ठमा यामाहा थ्रीएस शोरुम सञ्चालनमा, स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा

बुढानीलकण्ठमा यामाहा थ्रीएस शोरुम सञ्चालनमा, स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका मा यामाहा थ्रीएस (Sales, Service, Spare Parts) शोरुम आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। आधुनिक सेवा सुविधा सहित स्थापना गरिएको उक्त शोरुमको उद्घाटन १०६ वर्षीय ज्येष्ठ नागरिक चन्द्र बहादुर खड्का ले दीप प्रज्वलन गरी गर्नुभएको हो।

कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा लगायत जनप्रतिनिधि, व्यवसायी, ज्येष्ठ नागरिक तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले बुढानीलकण्ठ क्षेत्रमा व्यवस्थित तथा गुणस्तरीय यातायात सेवा विस्तार हुनु सकारात्मक भएको बताउनुभयो। निजी क्षेत्रको लगानीले रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान दिने उल्लेख गर्दै उहाँले सुरक्षित सवारी प्रयोग र जिम्मेवार यातायात संस्कृतिको विकासमा सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

त्यसैगरी नगर प्रमुख अधिकारीले नगर क्षेत्रमा नयाँ व्यावसायिक लगानी भित्रिनु विकास र समृद्धिको संकेत भएको बताउँदै निजी क्षेत्रसँग सहकार्य गरेर स्थानीय अर्थतन्त्र, रोजगारी तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नीति नगरपालिकाले लिएको जानकारी दिनुभयो।

उक्त शोरुममार्फत विभिन्न मोडलका यामाहा बाइकहरूको बिक्री, सर्भिसिङ तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइने जनाइएको छ। शोरुम सञ्चालनसँगै स्थानीय उपभोक्ताले सहज रूपमा गुणस्तरीय सेवा पाउने विश्वास लिइएको छ।

उद्घाटन कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आधुनिक सवारी सेवा केन्द्र सञ्चालनमा आउनु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका थिए। समारोहको अवसरमा बाइक र्‍यालीसमेत आयोजना गरिएको थियो।

Tokha