समकक्षता विवाद: ९८ नेपालीको डिग्रीमाथि छानबिन, प्रमाण मागियो

समकक्षता विवाद: ९८ नेपालीको डिग्रीमाथि छानबिन, प्रमाण मागियो

काठमाडौं । भारतको मणिपुर राज्यस्थित Sangai International University मा अध्ययन गरेका झण्डै एक सय नेपाली विद्यार्थीको शैक्षिक उपाधि संकटमा परेको छ।

छानबिन गरिरहेको Tribhuvan University को पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै उनीहरूलाई आफ्नो शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेश गर्न ३५ दिने अल्टिमेटम दिएको छ।

भारतको University Grants Commission ले सन् २०२४ मे १५ मा उक्त विश्वविद्यालयलाई आफ्नो मान्यता सूचीबाट हटाएको थियो। साथै, सो विश्वविद्यालयबाट जारी भएका शैक्षिक उपाधिहरूलाई उच्च शिक्षा तथा सरकारी रोजगारीका लागि अवैध घोषणा गरिएको थियो।

उक्त विश्वविद्यालयबाट अध्ययन गरेका ९८ जना नेपालीले समकक्षता प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएका थिए। त्यसको छानबिन गर्दै पाठ्यक्रम विकास केन्द्रले उनीहरूको नाम, ठेगाना र अध्ययन गरेको भनिएको विषय सार्वजनिक गरेको हो।

केन्द्रले जारी गरेको सूचनामा भनिएको छ,
“तपाईंको नाममा यस केन्द्रबाट जारी समकक्षता पत्रहरू छानबिनको क्रममा रहेकाले, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र समकक्षता पत्रको सक्कलप्रति तथा शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने आधार प्रमाणसहित लिखित रूपमा पेश गर्नुहोला।”

यस्तो छ सूचनाः

Tokha