काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेल क्षेत्रबाट शुक्रबार पक्राउ परेका हुन् ।
प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी का अनुसार, निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो ।
यसअघि पनि उनी ५ माघ २०८२ मा पोखराबाट पक्राउ परेका थिए । तत्कालीन घटनामा कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विवादित अभिव्यक्ति गर्दै निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको दाबी भएपछि उनलाई पक्राउ गरिएको थियो ।
पक्राउसँगै हाल प्रसाईंमाथि आचारसंहिता उल्लंघनको मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको छ ।

































