काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दिए राजीनामा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दिए राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो पदबाट राजीनामा दिएका छन् । रास्वपाबाट राजनीतिक यात्रा सुरु गरेका शाहले आइतबार उपमेयर सुनिता डङ्गोलसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन् ।

साढे तीन वर्षसम्म महानगरको नेतृत्व सम्हालेका बालेन शाह अब स्थानीय तहको जिम्मेवारीबाट बाहिरिँदै संसदीय राजनीतितर्फ अग्रसर भएका छन् । उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीका उम्मेदवारको रूपमा झापा-५ निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिने तयारीमा रहेको जनाइएको छ।

शहरी व्यवस्थापन, फुटपाथ नियन्त्रण र प्रशासनिक अनुशासनका कारण चर्चामा रहेका बालेनको बहिर्गमनसँगै काठमाडौं महानगरपालिकाको नेतृत्व अब कार्यवाहकका रूपमा उपप्रमुख सुनिता डङ्गोलले सम्हाल्नेछिन् । बालेनको यो अप्रत्याशित कदमलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

Tokha