सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, ५ जना पक्राउ

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, ५ जना पक्राउ

काठमाडौं । निर्वाचनअघि सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग राख्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका ५ जना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार बिहान ‘जेनजी’ समूहका मिराज ढुंगानाको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । पक्राउ पर्नेहरूमा रविकिरण हमाल, निकोलश भूसालसहित ५ जना प्रदर्शनकारी रहेका छन् ।

प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक अवस्थामा चुनावभन्दा पनि सुशासन र सर्वपक्षीय सरकारको आवश्यकता रहेको दाबी गरेका छन् । उनीहरूले हातमा ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ र ‘सर्वपक्षीय सरकार गठन गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

प्रदर्शनका क्रममा युवाहरूले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सबै पक्ष समेटिएको सरकार बनेपछि मात्रै निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् । जिल्ला प्रशासन कार्यालयले प्रदर्शनका लागि अनुमति नदिए पनि युवाहरू सडकमा उत्रिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Tokha