रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतले लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत बुझाएमा थुनामुक्त गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा लामिछानेले बिगोबापतको रकम बुझाएर थुनाबाहिर बस्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

अदालतले उक्त निवेदन आंशिक रूपमा स्वीकार गर्दै थप १ करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ । जमानत र धरौटी रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन् ।

Tokha