एमाले महाधिवेशन : नेता राजेन्द्र गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता

एमाले महाधिवेशन : नेता राजेन्द्र गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बनेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उम्मदवारी फिर्ता  लिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समूहमा नपरेपछि उनले उपमहासचिव पदका लागि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिएका थिए ।

खुला केन्द्रीय सदस्य पदका लागि दिएको उनको उम्मेदवारी भने कायमै छ ।

एमालेको नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा आज निर्वाचन हुँदैछ ।

Tokha