काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
आयोग स्रोतका अनुसार चालिसेले करिब साढे तीन करोड रुपैयाँभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ ।
गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत रहेका चालिसे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-३ बाट निर्वाचित भएका हुन् । उनी प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको सभापतिको जिम्मेवारीमा थिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौं-३ बाट चालिसेको नाम एकल रूपमा सिफारिस गरिसकेको छ।



































