नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा शुक्रबार  चार नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार, श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Tokha