रुपन्देही । बुटवलका सुप्रिम सहकारीमा भएको ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा बिहीबार चार नम्बर इजलाशमा सुनुवाइका लागि तोकिएको छ।
सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलाशमा आज पेशी निर्धारण भएको हो । सार्वजनिक विदाका कारण स्थगित हुँदै आएको मुद्दा आज फेरि निरन्तरतर्फ लागेको छ ।
साउन २६ गते जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै राख्ने निर्णय गरेपछि उनी पुर्पक्षका लागि जेलमै छन् । सहकारीमा भएको अनियमितताको बिगो रकम भरेपनि अदालतले रिहा नगर्ने निर्णय गरेको थियो ।
गत १३ गतेदेखि लगातार सारिँदै आएको यो मुद्दाले आजको सुनुवाइसँगै नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ ।



































