प्रतिनिधिसभा विघटनविरुद्ध एमाले सर्वोच्च जाने, ओलीद्वारा शान्तिपूर्ण संघर्षको घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध एमाले सर्वोच्च जाने, ओलीद्वारा शान्तिपूर्ण संघर्षको घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने बताएका छन् ।

विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठकमा मंगलबार उनले संसद् पुनर्स्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताए ।

बैठकमा सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संकटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्ने सबैले बुझनुपर्नेमा जोड दिए । पार्टीका महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । बैठकमा छलफल जारी छ ।

 

Tokha