सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ : सुनिता डंगोल

सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरु चोरेर लगेको दाबी गरेकी छिन् ।

शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनर्स्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन् ।

त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनर्स्थापित गर्न सफल भएको बताइन् । उनले केही समय अघि इटुम्बहालमा ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनर्स्थापित गर्न सकेको बताइन् । उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको  जानकारी दिइन् ।

उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् ।

Tokha