काठमाडौं । बहुविवाहको मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पालाई डिल्लीबजार कारागारमा चलान गरिएको छ । मंगलबार उनलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको थियो भने फैसला कार्यान्वयनका लागि बुधबार अदालतमा उपस्थित गराइएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अदालतले डिल्लीबजार कारागारमा राख्ने आदेश जारी गरेपछि उनलाई कारागार पठाइएको हो । अदालतले बहुविवाहको आरोपमा पासाङ शेर्पालाई १ वर्ष जेल सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

































