प्रचण्ड-माधव नेपालबीच भेटवार्ता, एकीकृत पार्टीको नाम तय गर्न छलफल

प्रचण्ड-माधव नेपालबीच भेटवार्ता, एकीकृत पार्टीको नाम तय गर्न छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार महत्वपूर्ण भेटवार्ता भएको छ । प्रचण्ड एकीकृत समाजवादीको मुख्यालय पुगेर माधव नेपालसँग भेटेका हुन्।

भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । बैठकमा तीन नेताबीच नयाँ एकीकृत पार्टीको नाम तय गर्ने विषयमा सहमति खोज्ने प्रयास भएको बताइन्छ ।

यसअघि हिजो माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायत विभिन्न ८ दल र समूहबीच राजनीतिक एकता घोषणा गरिएको थियो । हालसम्म नयाँ पार्टीको नाम तय भएको छैन भने चुनाव चिन्हका रूपमा पाँचमुखे तारा चयन गरिएको छ ।

Tokha