एमालेको ११औँ महाधिवेशन : ६ लाख ६० हजार संगठित सदस्यबाट प्रतिनिधि चयन हुने

एमालेको ११औँ महाधिवेशन : ६ लाख ६० हजार संगठित सदस्यबाट प्रतिनिधि चयन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि ६ लाख ६० हजार संगठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् ।

एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती संगठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए ।

उनले भने, ‘हामीले सबै संगठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएका छौँ । करिब ६ लाख ६० हजार संगठित सदस्यबाट नै प्रतिनिधि छनोट हुनेछन्।’

भोलि बस्ने सचिवालय बैठकले संगठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए ।

यसअघि पार्टीको १०औँ महाधिवेशनका लागि आठ लाख ५० हजार संगठित सदस्यबाट प्रतिनिधि छनोट गरिएका थिए । एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा तोकिएको छ ।

Tokha