जेन-जी आन्दोलनमा चोट लागेका कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु पहिलोपटक सार्वजनिक

जेन-जी आन्दोलनमा चोट लागेका कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु पहिलोपटक सार्वजनिक

काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा चोट लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा मंगलबार पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन्।

उनीहरू केन्द्रीय कार्यालय सानेपामा भएको पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका थिए। बुढानीलकण्ठमा आन्दोलनकारीको कुटपिटमा परेका देउवा यसअघि सार्वजनिक रूपमा उपस्थित भएका थिएनन्।

नेपाली सेनाले तत्काल उनीहरूलाई उद्धार गरी अस्पताल लगाएको थियो । सुरक्षाका कारण देउवाको उपचार कहाँ भएको भन्ने जानकारी प्रारम्भमा सार्वजनिक गरिएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवाको १२ टाँका लगाइएको थियो, जानकारी कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए।

Tokha