पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । उनलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएको हो ।

सन् २०२२ डिसेम्बर २५ (२०७९ पुस १०) मा फ्लाई दुबईको विमान (फ्लाइट नम्बर एफजेट०५८७ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले दुई सुटकेसमा ल्याएको ७३ बट्टा भित्र ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन लुकाएर भित्र्याइएको खुलेको थियो ।

उक्त सुन भन्सार कार्यालयका तत्कालीन नासु रेवन्त खड्का लगायतका कर्मचारीको मिलेमतोमा बेचिएको अनुसन्धानबाट प्रमाणित भएको थियो । सो सुन छुटाउनका लागि तत्कालीन सभामुख महराले भन्सारमा दबाब दिएको आरोप लागेको छ । यसअघि उक्त प्रकरणमा उनका छोरा राहुल महरा पक्राउ परेका थिए र हाल कारागारमा छन् ।

सीआईबीले केही दिनअघि महरासँग विस्तृत बयान लिएपछि थप प्रमाणका आधारमा पक्राउ गरेको जनाएको छ । अनुसन्धानका क्रममा महरा र चिनियाँ नागरिक लि हानसोङ तथा दाओनिज वाङबीच नियमित सम्पर्क र कल रेकर्डसमेत फेला परेको बताइएको छ ।

महराविरुद्ध यसअघि पनि सो प्रकरणमा संलग्नताको शंका रहे पनि प्रभाव र राजनीतिक पहुँचका कारण फाइल अघि बढ्न नसकेको बताइएको छ ।

Tokha