काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन्। भक्तपुरको गुन्डुस्थित निवासमा नेता तथा कार्यकर्तासहित ओलीलाई भेट्न पुगेका थिए।
भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली त्यसअघि सार्वजनिक रूपमा देखिएका थिएनन्। विद्रोहमा प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा ठूलो मानवीय र भौतिक क्षति भएको थियो।
ओली सार्वजनिक भएपछि उनका समर्थकहरूले फोटो खिच्नका लागि भेटघाट गरेका थिए। तर, उनले यस क्रममा कुनै प्रतिक्रिया दिएका थिएनन्।ओलीको नेतृत्वमा सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। प्रतिनिधि सभा विघटन भइसकेको छ भने नयाँ सरकारले आगामी २१ फागुनमा निर्वाचन मिति घोषणा गरेको छ।

































