कार्यलय जलेर खरानी भए पनि पार्टीको इच्छाशक्ति नष्ट भएको छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

कार्यलय जलेर खरानी भए पनि पार्टीको इच्छाशक्ति नष्ट भएको छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले सामना गरिरहेका चुनौतीहरूलाई अवसरमा परिणत गर्दै पुनः सशक्त रुपमा अघि बढ्ने बताए। संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘हाम्रो कार्यलय जलेर खरानी भए पनि हाम्रो इच्छाशक्ति नष्ट भएको छैन। चुनौतीले हामीलाई डराउन वा हतास बनाउने छैन। यी चुनौती पार गर्दै नेकपा एमाले फेरि अघि बढ्नेछ।’

नेता पोखरेलले मुलुकले भोग्नुपरेका दुर्भाग्यपूर्ण घटनाप्रति दुख व्यक्त गर्दै पार्टीका नेता र कार्यकर्ताहरूले कहिल्यै विचलित नहुने स्पष्ट पारे।

उनले संविधान कसैले उपहारस्वरूप दिएको होइन, बरु नेपाली जनताले वर्षौँको संघर्ष र बलिदानपछि प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै संविधान दिवसलाई नेपाली जनताको संकल्प र राष्ट्रिय प्रगतिको दिवस भएको बताए।

Tokha