जेनजी आन्दोलनपछि पहिलो पटक प्रचण्ड सार्वजनिक, पार्टी कार्यालयको अवस्था निरीक्षण

जेनजी आन्दोलनपछि पहिलो पटक प्रचण्ड सार्वजनिक, पार्टी कार्यालयको अवस्था निरीक्षण

काठमाडौं । जेनजी आन्दोलनपछिका घटनाका कारण केही समय गुमनाम रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन् ।

मंगलबार बिहान प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका हुन् । आन्दोलन हिंसात्मक बनेपछि उनीसहितका नेताहरूलाई नेपाली सेनाले अस्थायी रूपमा सुरक्षा प्रदान गरेको थियो ।

जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो। हिजो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि कार्यालयको निरीक्षण गरेका थिए।

हाल माओवादी कार्यकर्ताहरूले कार्यालयको सरसफाइ कार्य अगाडि बढाइरहेका छन् । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र केपी शर्मा ओ‍ली भने अजै अज्ञात रहेका छन्

Tokha